|

आगामी मंसिर १५ देखि २४ सम्म काठमाडौंमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा भारतले आफ्नो सहभागिता निश्चित गरेको छ। सागमा सहभागिताका लागि हरेक देशले खेल अघि आफ्नो देशको सहभागिता निश्चित गर्नुपर्ने हुन्छ।

भारतले आगामी सागमा आफू सहभागी हुने पक्का गरेको छ। उसले पठाएको कन्फरमेसन लेटर नेपाल ओलम्पिक कमिटीलाई प्राप्त भएसँगै भारतको सागमा सहभागिता निश्चित भएको हो। यसअघि काश्मिर विवादका कारण भारत र पाकिस्तानबीचको तनावले सागलाई प्रभावित पार्ने होकी भन्ने आशंका रहे पनि अब भारतले आफ्नो तर्फबाट सहभागिता निश्चित भएको जनाएको छ।

नेपाल ओलम्पिक कमिटीका सहमहासचिव राजिव श्रेष्ठले भारतले सहभागिता निश्चित गरेको बताए। उनले भने ‘भारतले सागमा सहभागिता हुने कन्फरमेसन पठाएको छ। त्यसैले अब भारतको सहभागिता निश्चित भएको हो।

यसअघि भारतमा कश्मिर विवादलाई लिएर साग खेलमा सहभागिता हुने या नहुने अन्योलता रहेको थियो। यद्यपि खेलकुदको दक्षिण एसियाली महाकुम्भमा भारतले सहभागिता जनाउने तय भएसँगै अब पाकिस्तानको प्रतिक्षामा ओलम्पिक कमिटी रहेको छ।

यद्यपि अन्य राष्ट्रले पनि सहभागिताका लागि यसै साताभित्र कन्फेरमेसन लेटर पठाइसक्ने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.