|
फाइल फोटो

जनकपुरधाम : महोत्तरीको भँगाहा नगरपालिका ८ का वडा अध्यक्ष मो. रफिक आलम र वडा सदस्य कारी साह पनि पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका ९ पीडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंक गेटबाटै वडा सदस्य साहका छोरा मुकेश साहलाई अख्तियारको टोलीले १ लाख ६० हजार घुससहित मंगलबार मध्यान्ह पक्राउ गरेको थियो। मुकेशले वुवा वडा सदस्य र वडाध्यक्षले आफूलाई घुस लिन पठाएको बयान दिएका थिए। सोही आधारमा वडाध्यक्ष आलम र वडा सदस्य साहलाई समेत अख्तियारले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मुकेशको बयानको आधारमा वडा अध्यक्ष आलम र वडा सदस्य साहलाई महोत्तरीकै भँगाहा नगरपालिका २ स्थित सितापुर चोकबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले जनाएको छ।

गाउँपालिकाद्वारा सडक ढलान कार्यको बजेट निकासा गरिदिने भन्दै उपभोक्ता समितिका पदाधिकारीसँग वडाध्यक्ष आलम र वडा सदस्य साहले १ लाख ६० हजार रुपैयाँ घुसको डिमाण्ड गरेका थिए। त्यसपछि उपभोक्ता समितिका पदाधिकारी अख्तियारलाई जानकारी गराई घुस दिन तयार भए। र घुस लिन वडा सदस्य साहले आफ्नो छोरालाई पठाउँदा पक्राउ परे।

पक्राउ परेका वडाध्यक्ष, वडा सदस्य र उनका छोरामाथि कारबाही प्रक्रिया तथा अनुसन्धान अगाडी बढाएको अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ।


सम्बन्धित समाचार


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.