|

पर्सा : आर्थिक कारोवारमा संलग्न हुने संस्था र व्यक्तिमाथि थप पारदर्शिताको नीति सरकारले अख्तियार गरेपछि पर्सामा व्यक्तिगत र संस्थागत पान नम्बर लिने सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ। पर्सामा रहेको आन्तरिक राजश्व कार्यालयको साउन महिनाको तथ्याँकले यस्तो देखाएको हो।  

चालु आर्थिक बर्षको पहिलो महिना अर्थात यही साउन २७ गतेसम्ममा पर्साको आन्तरिक राजश्व कार्यालयमा मात्र व्यक्तिगत स्थायी लेखा ( पान ) नम्बर लिनेको संख्या ५ हजार ४४६ पुगेको छ।

सुरुका दिनदेखि गएको असार सम्ममा भने पर्सामा कुल २६ हजार ९ जनाले मात्र व्यक्तिगत पान लिएका थिए। तर एकै महिनामा ५ हजार ४४६ जनाले पान नम्बर लिएपछि भने एक्कासी यो संख्या बढेर कुल ३१ हजार ४५५ जना पुगेको छ। यसमा ११६ जनाको पान नम्बर भने निश्क्रिय रहेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए। 

व्यापार, उद्योग व्यवसाय ( आइ ट्याक्स ) तर्फ दर्ता हुने संस्थाको संख्या पनि साउनको २७ दिनमा मात्र ३०१ पुगेको छ। भ्याट तर्फ पनि चालु महिनामा १२४ संस्था दर्ता भएका छन्। ‘समग्रमा उद्योग प्रतिष्ठान बढि दर्ता हुनु राम्रो भए पनि भ्याट छल्न हरेक एकदुई बर्षमा नयाँ-नयाँ संस्था ह्वात्तै दर्ता हुने क्रमले भने राजश्व छल्ने प्रयोजनका लागि हो कि भन्ने आशंका बढाउँछ पनि उनले तर्क गरे। यसमा कर्मचारी चनाखो भएर काम गरिरहेका छौं कार्यालय प्रमुख कोइरालाले भने।

भ्याटतर्फ साउन महिनाको समेत गरी अहिलेसम्म पर्सामा मात्र ९ हजार ९०३ वटा उद्योग प्रतिष्ठान दर्ता भइसकेका छन्। आइ ट्याक्सतर्फ ३१ हजार ३७९ वटा कुल संस्था दर्ता भएका छन्।

भ्याटतर्फ दर्ता भएका कुल संस्थाहरू मध्ये १ हजार ४४ वटा हाल बन्द भएका छन् भने ३४६ पूनः सञ्चान समेत नहुने गरी दर्ता नै खारेजीमा परिसकेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ। त्यसै गरी समग्रमा पान नम्बर (आइ ट्याक्स) लिने व्यापारिक फर्म, उद्योग र व्यवसायतर्फ पनि ६०६ वटा संस्था हाललाई बन्द भएका र १ हजार ७४० वटा संस्थाको पनि दर्ता नै खारेज भइसकेको कार्यालयका प्रमुख कोइरालाले बताए।

एक हजार २ सय ३१ अन्तशुल्क तर्फ सकृय संस्थाहरू रहेको पर्सामा २ वटा हाल बन्द छन् भने ८६ वटा खारेजीमा परिसकेको कार्यालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.