|

काठमाडौः साहित्यकार उषा शेरचनको ‘आधि’ उपन्यास सार्वजनिक गरिएको छ। उपन्यासको गीतकार चेतन कार्की,  साहित्यकार पद्मावती सिंह, कुमारी लामा र लेखिका शेचरनलले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।

काठमाडौंमा मंगलबार भएको कार्यक्रममा गीतकार चेतन कार्की उपन्यासले समाजका राम्रा र नराम्रो पक्षको उजागर गरेको बताए। समीक्षक कुमारी लामाले उपन्यासमा समाजमा बढिरहेको महिला हिंसालाई मिहिन ढंगले प्रस्तुत गरिएको बताइन्। यस्तै, साहित्यकार पद्यमावती सिंहले उपन्यासले समाजमा दबिएर रहेको महिला हिंसा र यसभित्र रहेको चरित्रलाई उजागर गर्दै साहसी विषय उठान गरेकोमा बधाई दिइन्। उनले भनिन्, ‘जीवनको यथार्थलाई उजागर गर्न सक्ने लेखक नै समाजप्रति उत्तरदायी हुन्छ।’

बुक हिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ४०० रुपैयाँ रहेको छ। शेरचनको यसअघि पहिलो नजन्मेका आस्थाहरु (कविता-सङग्रह), अक्षरहरुका शिविरबाट (मुक्तक सङ्ग्रह) प्रकाशित भइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.