|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  सचिवालय बैठक बुधबार बस्दै छ। 

मंङ्गलबार बस्ने भनिएको सचिवालय बैठकमा गृहकार्य नपुगेको भन्दै बुधबारलाई सारिएको हो।  प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकमा विभागका नेतृत्व , पोलिटब्युरो गठनलगायतका विषय टुंगो लगाउने नेकपाले जनाएको छ। 

कसले कुन विभागमा बस्ने भन्ने रुचि अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सोधिसकेका छन् र प्रधानमन्त्री ओलीले सिंगापुरबाट फर्किएपछि गृहकार्य गरेका कारण आज टुंगो लगाउन सक्ने पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.