
अर्घाखाँची : आगोलागीबाट पीडित बनेका अर्घाखाँचीको सितगंगाका अग्नि पीडितलाई राहत वितरणगरिएको छ।
सितगंगाको विभिन्न ठाँउमा यो वर्ष भएको आगोलागीबाट पीडित बनेका १६ घरपरिवार मध्ये छनोट गरि अति नै पीडित भएका गरिब तथा बिपन्न १२ घर परिवारलाई अर्घाखाँची सम्पर्क समिती युएईको सहयोगमा राहत वितरणगरिएको हो। सितगंगा ९ राँगाकाटेका केशर बहादुर कुमाल, प्रदिप रेश्मी, ज्ञान बहादुर बिक, कालुराम कुमाल, खिम बहादुर कुमाल, कमरा रोकालाई पत्रकार विष्णु आलेले राहत वितरणगरे। त्यसै गरि सितगंगा ८ फुर्केसल्लीका वीर बहादुर बिटालु, धन बहादुर बिटालु, बोम बहादुर बिटालु, जौखोरेका गणेश बहादुर पुन, सितगंगा ११ का तिलसरा सोती र सितगंगा १३ का माया सोमैलाई जनही २१ सयका दरले राहत वितरण गरिएको हो।
पीडितहरूको बल्झिएको घाँउमा केही रूपमा भएपनि मलाम पट्टी लगाउने उदेश्यले पीडितलाई आर्थिक सहयोग गरिएको पत्रकार आलेले बताए। घरबाँस तथा बर्ष दिनको लागि जोहो गरि राखिएको अन्नपात जलेर खरानी भएपछि बिहान बेलुकाको छाक कसरी टार्ने भनेर अन्योल भईरहेको बेला पीडितको घरमा पनि चुलो बल्न पर्छ भन्ने उदेश्यले गाँस कटाएर आर्थिक सहयोग गरिएको अर्घाखाँची सम्पर्क समिती युएईका प्रमुख सल्लाकार एवं सितगंगा ५ घर भई युएईमा कार्यरत चन्द्र बहादुर सारूले बताए।
बर्खाको समयमा आगो लागेपछि खाद्यान्नको संकट परेको बेला पीडितलाई राहत भएको पत्रकार आलेको भनाइ छ। आगोलागीबाट घर गोठ अन्नपात जलेर नष्ट भएपनि अहिले सम्म कसैले केही सहयोग नगरेको बेला बर्खाको समय नुन तेल चामल घरमा छैन छोराछोरीलाई के खुवाउने भनेर चिन्तित भईरहेको बेला सहयोग पाउँदा आफुलाई निकै खुसी लागेको सितगंगा १३ कि अग्नि पीडित माया सोमैले बताईन्।
संचारकर्मी आलेले राहत रकम नगरप्रमुख सुर्यप्रसाद अधिकारी, उप प्रमुख टीका रेश्मी मगर, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, वडा अध्यक्ष कोपिलाचन्द आले, भिम केसीको साथमा वितरणगरेका थिए।
अर्घाखाँचीबाट रोजगारीको शिलसिलामा युएई पुगेका नेपालीले आफ्नो गाँस कटाएर अग्नि पीडितलाई राहात सहयोग गरेका हुन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।