|

डडेल्धुरा :  डडेल्धुरामा आत्महत्या गर्नेहरुकाे संख्या  बढ्दै गएकाे प्रहरीकाे तथ्यांक छ। गत आर्थिक वर्ष २०७५ साउन महिनादेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुराका विभिन्न स्थानमा आत्महत्या गर्नेको संख्या ३१ छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले मंगलबार सञ्चारकर्मीसंगको परिचयात्मक कार्यक्रममा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले प्रस्तुत गरेको तथ्यांकमा झुण्डिएर आत्महत्या गर्नेको संख्या २३ छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या आठ गरी ३१ रहेको छ। आर्थिक वर्ष २०७३/७४ मा १४ जना र २०७४/७५ मा १० जनाले झुण्डिएर आत्महत्याको प्रहरीको तथ्यांकमा देखिन्छ। 

गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कूल मुद्दा ८० छन्। यस मध्ये सबैभन्दा बढी आत्महत्याका मुद्दा भएको डीएसपी न्यौपालेले जानकारी दिए। यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्काे तर्फ प्रहरीको सक्रियता बढे संगै मुद्दाको सख्ंयामा वृद्धि भएको हुन सने उनको भनाइ छ।

जिल्ला प्रहरी कार्र्यालयमा आर्थिक वर्ष २०७३/७४ मा ५० वटा, २०७४/७५ मा ५१, वटा ०७५/७६ मा ८० वटा मुद्धा दर्ता भएका छन्। चालू आर्थिक वर्षको हालसम्म ९ वटा मुद्धा दता भएको डीएसपी न्यौपानेले जानकारी दिए।

आत्महत्या तथा महिलाविरुद्धका घटना न्यूनिकरणका लागि कार्यालयबाट गत आर्थिक वर्षमा जिल्ला विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको उनले बताए। जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गर्न लगाइ अवैध मदिरा नष्ट गरिएको समेत उनले बताए। 

सवारी दुर्घटनामा ३४ जनाको मृत्यु

गत वर्ष १३ वटा भएका सवारी दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते हुनेको संख्या ३० छ भने साधारण घाइते हुनेको संख्या ७९ रहेको तथ्यांक प्रहरी नायब उपरीक्षक न्यौपाने प्रस्तुत गरे। 

उनले प्रस्तुत गरेको तथ्यांक अनुसार डडेल्धुरामा सवारी दुर्घटना बढ्दै गएको देखिन्छ। सवारी दुर्घटनामा परी आर्थिक वर्ष २०७३/७४ मा १० जना, २०७४/७५ मा ९ मृत्यु भएको छ भने ०७५/७६ मा ३४ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

ट्राफिक चेक जाँचका क्रममा सवारी साधन कारबाहीको संख्या वर्षेनि घट्दै गएको देखिएको छ। संख्या घटे पनि राजश्व संकलन भने झण्डै दोब्बरले बढेको छ। जरिवनाको राजश्वमा वृद्धि गरिएकाले गत वर्ष सवारी साधन चेकजाँचबाट २० लाख बढी रकम संकलन भएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.