|

पोखरा : पोखराका वडा कार्यालयमा श्रंखलाबद्ध चोरी गर्ने र चोरीको सामान किन्ने पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका ११ घर भएका किशोर थापालाई पक्राउ गरी बुधबार कास्की प्रहरीले सार्वजनिक गरेको हो। थापा पोखरामै डेरागरी बस्थे। उनले २०७५ जेठ ३ गते पोखरा–१२, २०७५ माघ नौ गते पोखरा–५, २०७५  फागुन २३ गते पोखरा–१३, २०७५ पुस १ पोखरा–१४,  २०७५ चैत १० गते पोखरा–१६, २०७५ पुस १६ गते पोखरा–२९,  २०७६ असार १३  गते पोखरा–२५, २०७६ जेठ ६ गते पोखरा– ३१,  २०७६ साउन २० गते पोखरा–६  नम्बर वडा कार्यालय फुटाएर कम्प्यूटरहरु चोरेका थिए। 

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले थापाले चोरेका वडा कार्यालयहरुको कम्प्यूटर किन्ने रुपचन्द्र गोपालीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए। काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरीले जनाएको छ। 

उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन्। उनी २०७१ सालदेखि २०७४ सम्म जेल बसेका उनी छुटेलगतै फेरि चोरी धन्दामा लागेको पाइएको कास्की प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.