|

सेक्रेड गेम्सको दोस्रो सिजन यो बिहीबार रिलिज हुँदैछ। नेटफ्लिक्सको ओरिजिनल सिरिजमध्ये सेक्रेड गेम्सको पहिलो सिजन निकै रुचाइएको थियो। दोस्रो सिजन अनुराग कश्यप र निरज ज्ञवानले संयुक्त रुपमा निर्देशन गरेका हुन्। 

नवाजुद्दिन सिद्धिकी (ग्याङस्टर गणेश गाइतोण्डे) को पाटो अनुरागले निर्देशन गरेका छन् भने शैफ अली खान(पुलिस अफिसर सरताज सिंह) को पाटो निरजले निर्देशन गरेका छन्। दोस्रो सिजन आठ भागको हुनेछ।

दोस्रो सिरिज पनि लोकप्रिय हुनेमा यसका पटकथाकार वरुण ग्रोवर ढुक्क छन्। ‘पहिलो सिजनको लोकप्रियताबारे हामीलाई पूर्वानुमान थिएन। तर ट्रेलर रिलिज भएको दुई सातामै १२ मिलियन भ्युज पाएका थियौं,’ उनले भने। 

निर्देशक अनुराग कश्यपका अनुसार पहिलो सिजनका केहि पात्रहरु दोस्रोमा देखिने छैनन्। ‘प्रत्येक पात्रको मृत्यु ठ्याक्कै त्यस्तो समयमा हुन्छ, जब तपाईं उनीहरुलाई रुचाउन थाल्नुभएको हुन्छ’, अनुरागले भने, ‘गाइतोण्डेको टाइमलाइनका पात्रहरु दोहोरिनेछन् भने सरताजको टाइमलाइनका पात्रहरु दोस्रो सिजनमा देखिनेछैनन्।’

‘हामीले दोस्रो सिजनलाई सकेसम्म सामाजिक तथा राजनीतिक हिसाबले सान्दर्भिक बनाउन खोजेका छौं’, अनुरागले भने, ‘दोस्रो सिजन खासगरी राजनीतिले धर्मको दुरुपयोग कसरी गर्छ भन्ने कुराको वरिपरी घुम्छ।’

दर्शकहरुको उत्सुकतालाई ध्यानमा राखेर पहिलो सिजनमा धेरै कुराहरु रहस्यमै राखिएको थियो। वरुणका अनुसार ‘धर्मको खेल’बारे दोस्रो सिजनले धेरै कुरा प्रष्ट पार्नेछ। ‘यसलाई हामीले अत्यन्तै समयामियक बनाउने कोशिस गरेका छौं, १० महिनाअघि प्रशारण गरिएको भए सायद यसको त्यति अर्थ रहन्नथ्यो, जति अहिले हुनेवाला छ’, 
वरुणले आत्मविश्वास देखाए।

सेक्रेड गेम्स सन् २००६ मा प्रकाशित विक्रम चन्द्राको सोही नामको उपन्यासमा आधारित ड्रामा-सिरिज हो। बम्बईको अन्डरवर्ल्ड कथामा आधारित रही लेखकले बम्बई शहर कसरी मुम्बईमा रुपान्तरित भयो भन्ने प्रश्नको रोचक जवाफ पस्किएका छन्।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.