|

कालिकोट : बुधबार कर्णालीका विभिन्न धार्मिक देवस्थलमा श्रद्धालु भक्तजनहरुबाट पूजा आराधना गरिने भएको छ। जिल्लाको महावै, चुली, बर्जु, बडिमालिका लगायतका पाटनमा रहेका धार्मिक देवस्थलहरूमा पूजा आराधना गरिने भएको हो।

बडिमालिका पूजा हुदैँ

कालिकोट र बाजुराको सिमानामा रहेको बडिमालिका दर्शनका लागि यात्रुहरू त्रिवेणी पाटनमा पुगेका छन्। समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेका बडीमालिका पुग्न सात दिनको पैदल यात्रामा हजारौ भक्तहरू  त्रिवेणी पाटनमा पुगेका छन्।

महावै दर्शन

कालिकोट र दैलेख जिल्ला बीचमा पर्ने महावै पाटन प्रचार प्रसारको कमीले ओझेलमा परेको छ। सुन्दर पाटन हेर्न चाहनेहरूका लागि र धार्मिक रूपमा पनि पवित्र मानिने महावै पाटन पर्यटकहरुका लागि आकर्षणको केन्द्र पनि हो।

धार्मिक रूपमा यस पाटनको बीचमा थुम्कोमाथि शिव मन्दीर रहेको छ। यहाँ हरेक वर्ष साउन पूर्णिमा दिन मेला लाग्ने गर्दछ। जहाँ सुर्खेत, दैलेख, जुम्ला र कालिकोटका हजारौं भक्तालुले विशाल ढुगामाथि रहेको मन्दिरमा पुजा गर्ने गरेका छन्।

पाटन हेर्न र शिवजी दर्शनका लागि पुग्ने पर्यटक साउन, भदौमा बढी हुन्छन्। हिउँदमा टम्म हिउँ पर्ने भएकाले पनि पाटन पुग्न मुस्किल हुने गर्दछ। त्यहाँ पुग्नेहरू शिवको दर्शनअघि पाटनमै बगेको खोलामा नुहाएर २५ मिनेट ठाडो लेकमा पुगेर शिवलिङ्ग पूजा समेत गर्दछन्।

चुलिमालिका

कालिकोटको खाडाँचक्र नगरपालिका पचालझरना गाउँपालिका सिमाना रहेको चुली पाटन रहेको चुलि मालिकाको दर्शन गर्न हजारौँ  भक्तजनले पूजाअर्चना गरेको खाँडाचक्र नगरपालिका मालिका आधारभूत विद्यालय पोरीपाल्नीका प्रधानाध्यापक प्रेमध्वज चौलागाईंले बताए। ‘म पनि तीर्थ यात्रामा छु’ उनले भने,‘मंगलबारसम्म हजारौं मानिस चुलिमालिका पुगेका छन्।’

ब्रजमाई

कालिकोट र अछामको सिमानामा रहेको नरहरिनाथ गाउँपालिको लालुको लेकमा रहेको ब्रजमाई (रुपादेवि) को पूजाका लागि त्यहाँ पनि हजारौ भक्तजन पुगेको नरहरीनाथ गाउँपालिका ९ का अध्यक्ष जोरासिंह शाहीले बताए। ‘अछाम र कालिकोटका हजारौ मानिस पाटनमा पुगेका छन्’ उनले भने, ‘आज बुधबार रुपादेविको पूजा आराधना हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.