|

सिन्धुपाल्चोक : संघीय राजधानी काठमाडौंबाट सिन्धुपाल्चोक हुँदै दोलाखा जाने लामोसाँघु-जिरी सडकखण्डका ठेकेदारलाई १५ करोड जरिवाना तोकिएको छ। सडक विस्तारको काम समयमै सम्पन्न नगरेकोभन्दै ठेकेदार कम्पनीलाई जरिवाना तोकेको हो।

कुल ठेक्का रकमको १० प्रतिशत रकम दरले दुई ठेकेदार कम्पनीलाई जरिवाना लगाइएको सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर धर्मे झा जनाए। तीव्ररूपमा काम सम्पन्न गर्नको लागि पटकपटक ताकेता गर्दासमेत काम नगरेकाले निर्माण कम्पनीलाई जरिवाना तोक्न बाध्य भएको उनले बताए।

दोलखा जिल्लाको लाइफलाइनको रूपमा लिएको यो सडक निर्माणमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन्। निर्माण कम्पनीको ढिलासुस्तीकै कारणले वर्षामा हिलाम्य र हिउँदमा धुलो सडकमा सर्वसाधारण यात्रा गर्न बाध्य छन्।

सडक डिभिजन कार्यालयले तल्लो खण्डको ठेकेदार सिमांचल गौरी पावर्ती सुनौला खिम्तीलाई ५४ करोडको ५ करोड ४० लाख र माथिल्लो  खण्डको ठेकेदार शकिल हैदर सुनौला खिम्ती शंकरमालीको ९५ करोडको १० प्रतिशतले हुन आउने ९ करोड ५० लाख रकम जरिवाना लगाइएको हो। ठेक्काको बिलबाटै जरिवाना रकम असुल गरिने डिभिजन कार्यालयका प्रमुख झाले जनाए।

सिन्धुपाल्चोकको खाडिचौर हुँदै दोलखा र आसपासका जिल्लामा जाने सडक निर्माण कम्पनीको बेवास्ताकै कारणले दुर्गती भएको छ। खाडिचौरदेखि दोलखाको चरिकोटसम्म करिब ३.४ घण्टा सयमा लाग्ने बाटोमा हिलोकै कारण दिनभर लाग्ने गरेको थियो। सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरेकै कारणले सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.