|

जनकपुर : जोगीको भेषमा गाँजा बेच्दै आएका एक व्यक्ति जनकपुरमा ५ किलो गाँजासहित पक्राउ परेका छन्।

जनकपुर उप–महानगरपालिका वडा नं. २३ बिन्धिस्थित महादेव मन्दिरमा बसेर प्रतिबन्धित गाँजाको कारोबारमा संलग्न रहेका ७० वर्षिया जगदीश कापरलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार मन्दिर परिसरमा गाँजाको कारोबार गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गर्‍यो। 

उनको साथबाट पाँच किलो गाँजा र ४९ हजार नगद रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मनोज यादवले बताए।

पक्राउ परेका कापरको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.