अधिकतमा यात्रा दुई सय रुपैयाँको लागि

|

काठमाडौं :   ट्याक्सीको नेटवर्क 'इजी ट्याक्सी नेपाल'ले गाईजात्राको अवसर पारेर यात्रुहरुलाई क्यासब्याक अफर ल्याएको छ। एप्समार्फत घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको इजी ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने ‘गाईजात्रे क्यासब्याक अफर’ सार्वजनिक गरेको छ ।

कम्पनीले जनै पूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यहि साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो।

ईगाईजात्रे अफरअन्तरगत इजीट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ। जसअन्तरगत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ।

चालकहरुका लागि प्रतिकिलोमिटर २ को दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ। इजी ट्याक्सी नेपालका  दामोदर श्रेष्ठले इजी ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्धेश्यले यो योजना ल्याएको बताए।

‘इजी ट्याक्सी नेपालमा २७०० भन्दा बढि ट्याक्सी चालक तथा व्यवसायीहरु आबद्ध भइसक्नुभएको छ, यो नेपालको सबैभन्दा ठूलो ट्याक्सी एप संजाल पनि हो, हामी ट्याक्सी यात्रुहरुका लागि विभिन्न सुविधाहरु नियमितरुपमा ल्याउने क्रममा छौं, यो अफरमा सिधै क्यासब्याक प्राप्त हुनेछ,’ इजी ट्याक्सी नेपालका अपरेशन हेड श्रेष्ठले भने।

इजी ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम २०० (दुई सय रुपैयाँ) सम्म मात्र प्राप्त हुनेछ । इजी ट्याक्सी नेपालमा आबद्ध सम्पूर्ण ट्याक्सी चालकहरुका लागि ५ लाख रुपैयाँको दूर्घटना बीमा रहेको छ भने चालकका परिवारको सुरक्षाको लागि पनि बीमा योजना ल्याउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.