|

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले सरकार निजी क्षेत्रको प्रोत्साहन गरिरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरको कार्यक्रममा सरकारको काम गराइले पनि निजी क्षेत्रलाई प्रोत्साहन गरेको पुष्टि भएको बताए। 

उनले भट्टराईले हालै मात्रै हिमालयन एयरलाईन्सलाई चाइनाका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकोत्ता, अहमदावाद र  ढाका उडानका लागि अनुमति दिनु यसका उदाहरण भएको तबाए। उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताए। उनले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिटै सरोकारवालासंग छलफल गर्ने तयारी गरेको जानकारी गराए। 

मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालले गरेको जानकारी गराए। 

कार्यक्रममा चेम्बर अफ कमर्श का अध्यक्ष राजेश काजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराए। त्यसैगरी विमानस्थल भित्र रहेको ड्युटी फ्रिलाई प्रभावकारी बनाउन पनि आग्रह गरे। चेम्बरले पर्यटन बर्ष नजिकिदै गर्दा पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका विषयमा अन्तरक्रिया गरेको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.