|

सल्यान : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गैरसरकारी संस्थालाई वहिष्कार नगर्न स्थानीय तहलाई अनुरोध गरेका छन्। गैरसरकारी संस्था विकासका साझेदार भएकोले गैरसरकारी संस्थासँग समन्वय गर्न आग्रह गरेका हुन्। 

बुधबार सदरमुकाम खलंगामा हरप्लेस सल्यानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले गैर सरकारी संस्थालाई संविधानले नै अधिकार दिएकोले स्थानीय तहले वहिष्कार गर्न नमिल्ने बताए। ‘देशको कानुनले संघ संस्थालाई विकासका हरेक गतिविधि सञ्चालन गर्ने अधिकार दिएको छ। यसको प्रयोग गरेर आउने संस्थालाई अस्वीकार गर्छु भनेर स्थानीय  तहले भन्न पाइँदैन’ मन्त्री ज्वालाले भने।

उनले धेरै स्थानीय तहले संघ संस्थालाई काम गर्ने वातावरण नदिएको भन्दै विकास निर्माणका लागि सहकार्य र समन्वय गर्न अनुरोध गरे। उनले भने, ‘विकासका नाममा गलत गर्ने संस्थालाई खबरदारी गर्नुस्, काम गर्ने क्षेत्र तोक्नुस तर वहिष्कार नगर्नूस यसले समुदायमा दीर्घकालीन असर पर्न सक्छ।’

पछिल्लो समय स्थानीय तहमा काम गर्ने वातावरण नभएको भन्दै संस्था फर्किन लागेको भन्दै ज्वालाले स्थानीय तहले आफनो मात्रै क्षेत्र हो अरूले केही गर्न पाइदैन भनेर गलत बुझाई भएको बताए। यद्यपि संस्थाका क्रियाकलाप पारदर्शी बनाउनका लागि स्थानीय तहबाट अनुगमन हुनुपर्ने उनको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.