|

डडेल्धुरा : डडेल्धुरा प्रहरीले करछली गरी पहाडबाट तराई लगिँदै गरेका भैँसी र खसी बरामत गरेको छ। करछली गरी बैतडीबाट सुदूरपश्चिमको राजधानी कैलालीतर्फ लैजाँदै गरेका १९ वटा भैँसी बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

मंगलबार बिहान ना ३ ख ४५०७ नं र से १ ख ८५१ नम्बरको ट्रकमा लैजाँदा गरेका भैँसीलाई अमरगढी १ को स्याउले बजारबाट बरामत गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधीराम न्यौपानेले जानकारी दिए।

यसअघि पनि बैतडीबाट गाडीमा हालेर धनगढीतर्फ लगिँदै गरेका पाँचवटा भैँसी र १० वटा खसी गत सोमबार राति करिब साढे आठ बजेको समयमा प्रहरीले बरामत गरेको थियो।

बैतडीबाट कैलालीतर्फ जाँदै गरेको से १ ख १४९० नं को मिनी ट्रक र लु अ अ म ९५७४ नम्बरको मिनी ट्रक शंकास्पद लागि चेकजाँज गर्ने क्रममा अमरगढी नगरपालिका–१ स्याउले बजारमा प्रहरी टोलीले चेकजाँच तथा खानतालासी गर्दा पाँचवटा भैँसी र १० वटा खसीबिना कागजपत्र राजश्व छली लैजाँदै गरेको अवस्थामा बरामद गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए।

बरामद गरेका भैँसी र खसी आवश्यक कारबाहीको लागि भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञान केन्द्रमा पठाइएको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.