|

  • योगेन्द्र योगी

दोहा : कतारमा नेपाली कामदार माथि भएको  सांघातिक हमलामा एकजना नेपालीको मृत्यु भएको छ। बंगलादेशका नागरिकले नेपाली बिच झगडा हुँदा हातहतियारले गरेको आक्रमणबाट  पाँचजना नेपाली नागरिक घाइते भएको बताइएको छ।

नेपाली नागरिकको पर्स खोख्न खोज्दा झगडा भएको र ६ जना नेपालीमाथि बंगलादेशी नागरिकको समूहले सांघातिक हमला गरेको बताइएको छ।

कतारस्थित नेपाली राजदूतावासले भने घटनाको पुष्टि गरे पनि कसले हमला गरेको भन्नेबारे उल्लेख गरेको छैन।

विवाद चर्किदै गएपछि बंगलादेशका नागरिकहरूको समूह मिलेर ६ जना नेपालीमाथि सांघातिक हमला गरेको बताइएको छ।

कतारको जैदा पार्कमा उक्त घटना मंगलबार साँझ भएको हो।

 आक्रमणमा परी सुनसरी जिल्ला हरिनगर गाउँपालिका घुस्की भन्ने स्थानका तबरेज अन्सारीको घटनास्थलमै मृत्यु भएको थियो।

घाइते उमर अन्सारीको अवस्था गम्भीर रहेको बताइएको छ। कतारस्थित नेपाली राजदूतावासले गम्भीर घाइते उमरको इमाद अस्पतालमा उपचार भइरहेको जनाएको छ। घाइतेहरू इब्राहिम अन्सारी र नौसाद अन्सारीको अवस्था खतरामुक्त रहेको बताइएको छ। अन्य घाइतेहरू अकबर मियाँ र महसुद अन्सारी भने उपचारपछि दूतावासको पहलमा आफ्नो कम्पनी फर्किएको बताइएको छ। उनीहरूलाई कतारको प्रहरीले हिरासतमा पनि लगेको दूतावासले जनाएको थियो।

उक्त घटनाको कतारको प्रहरीले अनुसन्धान गरिरहेको पनि दूतावासले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ।

उक्त घटनाका दोषीलाई कानुनी कारबाहीका लागि नेपाली दूतावासले आवश्यक पहल गरिरहेको पनि जानकारी दिएको छ।

कतारमा रहेका नेपाली नागरिकहरूलाई दूतावासले अत्यावश्यक कामबाहेक अन्य बेला अनावश्यक भिडभाड हुने ठाउँमा नजान र जानैपर्ने अवस्था आएमा सचेतता अपनाउन पनि आग्रह गरेको छ।

हेर्नुहोस् विज्ञप्तिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.