छापा

कांग्रेस केन्द्रीय समिति बैठक लम्ब्याउँदै देउवा
SHARES

साउन ३०, २०७६

    काठमाडौं : गत असार २२ मा सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक बुधवार केही घण्टा बसेर स्थगित भयो। बैठक पुनः आउँदो ११ गतेसम्मका बस्नेछ। एक महिनाभन्दा लामो समयदेखि जारी केन्द्रीय समितिले १४ एजेन्डामध्ये दुईवटामाथि मात्रै निर्णय लिएको छ। ती निर्णय पनि पूर्ण बन्न सकेका छैनन्।

    पार्टीको नियमावली सर्वसम्मत बनाउन समितिलाई निर्देशन दिएको महिनौँ बितिसक्यो। तर अहिलेसम्म टुंगो लाग्न सकेको छैन। अन्तरिम संरचना बनाउने निर्देशिका बैठकले पारित गरे पनि प्रदेश संरचनाबारे अझै अन्यौल छ।

    पार्टीको नियमावली, अन्तरिम संरचनासहित पार्टीको अन्य एजेन्डा बैठकको भए पनि बैठकमा त्यसबारेमा खासै छलफल हुन नसकेको सहभागी नै बताउँछन्। बुधवारको बैठकमा अनुशासन समितिले आफ्नो प्रतिवेदन पेश गरेको र उपनिर्वाचनबारेमा निर्वाचन आयोगमा गएको कांग्रेस प्रतिनिधिले बैठकमा त्यसबारेमा जानकारी गराएका थिए भन्ने खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

    ‘बैठकमा पार्टीको भातृ संगठन र अन्य महत्वपूर्ण मुद्दा अझै ज्यूँका त्यूँ छन्’, कांग्रेस युवा नेता भन्छन्, ‘बैठक किन लम्बिरहेको छ, हामीले नै बुझ्न सकेका छैनौँ।’ कांग्रेसले आउँदो भदौ तेस्रो हप्तादेखि पार्टीको जागरण अभियानको दोस्रो संस्करण सुरु गर्दै छ भने स्थानीय तहको संरचना समेत भदौदेखि नै बन्नेछ।

    महाधिवेशनको एजेन्डा र त्यसको आन्तरिक अभ्यासमा कांग्रेस दुई चिरामा बाँडिएको छ। अन्तरिम संरचना निर्माणसँगै आउँदो मंसिरपछि कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने बताइएको छ। सभापति शेरबहादुर देउवा र इतर पक्ष अन्तरिम संरचना निर्माणदेखि महाधिवेशनको शक्ति सञ्चयदेखि आफ्नो शक्ति प्रदर्शन गर्ने होडमा छन्। यता संस्थापन इतर पक्षको मुद्दालाई मथ्थर पार्न बैठक लम्ब्याएर पनि आफ्नो अनुकुलको निर्णय मात्रै गर्ने रणनीतिमा अघि बढेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]