|

बोस्टन : यौन दुर्व्यवहारको आरोपमा अमेरिकाको आयोवाको डे मोइमा पक्राउ परेका निर्मल क्षेत्रीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ। 

३३ वर्षीय क्षेत्रीलाई आइतबार पक्राउ गरिएको हो। उनलाई पोल्क काउन्टी जेलमा राखिएको छ। आइतबार साँझ स्थानीय वेल्स फार्गो एरेना नजिकै उनले दुई महिलालाई भेटेका थिए।

अदालती कागजातअनुसार उनीहरू मद्यपानले मातेका, मोबाइलको ब्याट्रि सकिएर बिलखबन्दमा परेका, र सुरक्षित रूपमा घर पुग्ने उपाय खोजिरहेका थिए। क्षेत्रीले आफूलाई फुर्सदमा उबर चलाउने चालक भएको बताउँदै उनीहरूलाई होन्डा कारमा चढाए। तर उनले महिलाहरूले भनेको ठाउँमा नलगेर आफ्नो घर लगेको आरोप छ। 

दुई महिलालाई भिन्नाभिन्नै कोठा दिएर आराम गर्न भनेका थिए। एउटी महिलाले अर्को कोठामा भएकी महिला चिच्याएको सुनेकी थिइन्, र नङ्गले ढोका खोलेकी थिइन् । सबै ढोका बन्द गरेकाले निकै कठिनाइपछि उनीहरू क्षेत्रीको घरबाट भागेर नजिकैको कुम एन्ड गो ग्यास स्टेसनमा पुगेका थिए। त्यहाँबाट सुरक्षा निकायलाई सम्पर्क गरेका थिए। 

पीडितका अनुसार क्षेत्रीले पेन्ट खोले। जबर्जस्ती यौन सम्पर्क गर्न खोजेका थिए। उनले त्यसो हुन भने दिइनन्। क्षेत्रीलाई  तेस्रो दर्जाको यौन दुर्व्यवहारको आरोप लागेको छ। डिएनए अनुसन्धानका लागि गालाको नमूना निकालिएको छ। उनी साँच्चै उबर ड्राइभर हुन वा होइनन्, प्रहरीले खोज्दैछ। उनलाई २२ अगस्तमा अदालती कार्वाहीका लागि तोकिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.