|

रसुवा :  गोसाइकुण्ड मेला दर्शनका लागि पुगेका एक जनाको रसुवामा लेक लागेर निधन भएको छ। 

प्रहरीका अनुसार सिन्धुपाल्चोक स्गायी घर भई हाल काठमाडौं मुलपानी बस्ने २३ वर्षका दीपक थापाको लेक लागेर निधन भएको हो। उनको राति पौने तीन बजे निधन भएको प्रहरीले जनाएको छ।

गोसाइकुण्ड स्थित नमस्ते होटेलमा बसेका थापा बिरामी भएपछि स्वास्थ्य शिविरमा खटिएका चिकित्सकले उपचार गरेका थिए। ८ बजे शिविरमा उपचार थालिएको थापाको राति पार्ने तीन बजे निधन  जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको हो। उनको शव शिविरमै रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.