|

इलाम : मेची राजमार्गको कोल्बुङ–२ मा बसको ठक्करबाट १ युवाको मृत्यु भएको छ।

पाँचथर जिल्ला फिदिम नगरपालिका बस्‍ने वर्ष १८ का विसाल सम्बाहाम्फे लिम्बुको दुर्घटनामा मृत्यु भएको हो। अन्दाजी साढे ५ बजेको समयमा झापा तर्फ जाँदै गरेको मे १ ख ३५६१ नम्बर बसले इलाम तर्फ आउदै गरेको मे ६ प २४१ नम्बरको मोटरसाइकल रोकी फोटो खिच्दै गरेका सम्बाहाम्फेलाई गाडी ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडी सवार झापा जिल्ला बिर्तामोड नगरपालिका–६ बस्‍ने वर्ष १९ का रोशन कन्दङवा सामान्य घाइते भइ हाल विएन्डसी टिचिङ हस्पिटल बिर्तामोडमा उपचार भइरहेको छ।

ठक्कर दिने बस र चालक किटेनी प्रहरी चौकीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । मृतक सम्वाहाम्फेको लाश आफन्त सम्पर्कमा नआएको कारण दुर्घटना स्थलमा नै रहेको प्रहरी चौकी किटेनीका प्रहरी नायब निरिक्षक रामबहादुर लिम्बुले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.