काठमाडौं : नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
बिहीबार सुनको मूल्यमा एक तोलामा १२ सय रुपैयाँले बढेर ७१ हजार ५०० रुपैयाँ पुगेको हो।
बुधबार घटेको सुनको मूल्य आज पुनः बढेको हो। प्रतितोला ७१ हजार ५०० रुपैयाँ पुगेको हो। यसअघि साउन २८ गते ७१ हजार पुगेको थियो
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबभन्दा बढी कायम गरेको हो। त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७१ हजार २ सय पुगेको छ।
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। बुधबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ८४० मा कारोबार भएको छ। अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।