काठमाडौं : अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ४६ प्रतिशत नाफा वृद्धिदर कायम गरेपछि राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७५/७६ मा पाँच र्अब ३२ करोड नाफा कमाएको छ।
नौ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको यो बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्ष २०७५/७६ मा थप एक अर्ब ६७ करोड रुपैयाँ आम्दानी बढाएको हो।
पूर्ण सरकारी स्वामित्वको यो बैंकले गत वर्ष २६ अर्ब रुपैयाले निक्षेप बढाएर एक खर्ब ९० अर्ब रुपैयाँ पुर्याएको छ। गत वर्ष बैंकले निक्षेपको तुलनामा कर्जा बढी विस्तार गरेको देखिएको छ। गत वर्ष निक्षेपको तुलनामा एक अर्ब बढी कर्जा विस्तार गरेको छ। अहिलेसम्म बैंकको कर्जा एक खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको सिड रेसियो ७२.७८ प्रतिशत छ। बैंकको बेस रेट ५.५० प्रतिशत छ भने खराब कर्जा ३.९० प्रतिशत छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।