'सहुलियत कर्जा पाउने ६० हजारको लिष्ट चाहियो'

|

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सहुलियत कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदयित्वको कार्यक्रम सम्झिएर अघि बढ्न आग्रह गरेका छन्। सहुलियत कर्जा दिनको लागि पटक-पटक नैतिक दबाब दिए पनि बैंकहरूले नटरेको  संकेत गर्दै कारबाहीको चेतावनी समेत दिएका हुन्।

'सहुुलियतपूर्ण कर्जा कार्यक्रमलाई सामाजिक उत्तरदायित्वको रुपमा लिनु भनेको छु,  नैतिक दबाबले नपुगे अरु दबाब पनि छन्' शुक्रबार युवा उद्यमी सम्मेलनको क्रममा अर्थमन्त्री खतिवडाले भने 'त्यो अपनाउन नपरोस्, सरकार हस्तक्षेप गर्न चाँहदैन।'

बैंक वित्तीय संस्थालाई १ प्रतिशत मात्रै सहुुलियत पूर्ण कर्जामा मागे गरिएको उनले बताए। बैंकको ३० खर्बको लगानीमा १ प्रतिशत भनेको ३० अर्ब हुन्छ, त्यो ३० अर्ब ५ लाखको दरले बाँडे ६० हजार जनाले त्यो कर्जाको लाभ लिन सक्छन्' खतिवडाले भने  'मलाई ६० हजार जनाको लिस्ट चाहिएको छ। म त्यसमा अनुुगमन गर्छु।' 

खतिवडाले देशभित्र धेरै रोजगारी सिर्जना गर्न सक्ने सम्भावना  रहेको बताउदै युवा पुस्तालाई कृषिमा पनि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। उनले कृषि अनुदानलाई प्रभावकारी  हुन नसेकको पनि स्वीकार गरेका छन्। 'अहिलेका अनुदान प्रभावकारी रुपमा कार्यान्‍वयन छैनन्, त्यो हामीले महशुस गरेका छौँ बाध्यकारी निर्णय गर्न सकेका छैनौ, लक्षित वर्गमा पनि पुर्‍याउन सकेका छैनौ' खतिवडाले भने 'अबको हाम्रो प्रयास भनेको युवा तथा महिलालाई आकर्षिक गरेर उद्यमको विकास गर्ने नै हो' 

देशभित्र धेरै अनौपचारिक उद्योग रहेको र औपचारिक रुपमा दर्ता भएका उद्योगको योगदान समेत नदेखिएको उनको गुनासो थियो। 'आधा उद्योग अनौपचारिक छन्, धेरै उद्यमी अनौपचारिक हुँदा राज्यमा गरेको योगदानको थाहा पनि हुँदैन, राज्यले चिन्दा पनि चिन्दैन, आम्दानी गरेको भए कर लिएर राज्यले नयाँ व्यवसाय गरौ भनेर पनि सक्दैन' खतिवडाले भने। 

उनले सरकारले दिएको सुविधाअनुसार कर प्रणालीमा दर्ता हुनको लागि आग्रह गरेका छन् साथै अब झुक्किएर दर्ता भएन कर तिरन भन्ने अबसर नपाइने उनको भनाई थियो। कर प्रणालीमा आएर औपचारिक हुनको लागि सरकारले अन्तिम मौका दिएको खतिवडाले बताए।

उनले २/५ लाख नभएर व्ययवसाय गर्सनको लागि समस्लेया नहुने पनि बताए। सरकारले केही समयमै च्यालेन्ज फण्ड कार्यन्वयनमा ल्याउने र यसले व्यवसाय गर्न सहयोग पुर्‍याउने खतिवडाको प्रतिवद्धता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.