|

काठमाडौँ : साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा शुक्रबारदेखि जमलस्थित राष्ट्रिय नाचघरमा ‘गाईजात्रा महोत्सव, २०७६’ हुने भएको छ।

गाईजात्रा कार्यक्रम साउन ३१ गते शुक्रबार विहान ११ बजे, साउन ३२ गते शनिबार दिउँसो २ बजे र बेलुकी ५ बजेदेखि हुनेछ। भदौ ३ गते बेलुकी ५ बजे सुरु हुनेछ।

कार्यक्रममा हाँस्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, विष्णु सापकोटा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, मञ्जु श्रेष्ठ, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, पुष्प राज अवस्थी, शशी थापा, राजन थापा र सुशील निरौला लगायतको प्रस्तुति रहने छ। गाईजात्रा कार्यक्रमको टिक टदर २००, ३०० र ५०० राखिएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.