|

बैतडी : वर्षायाम आकाश मात्र होइन, धर्ती पनि कहिले हाँस्छिन् त कहिले रिसाउँछिन्। त्यसैले केही छिन अनुहार देखाउँछिन्, केहीपछि बादलभित्र अनुहार लुकाउँछिन्।

यति मात्र कहाँ हो र खुशी भएको बेला सप्तरंगी इन्द्रेणीको ताज पहिरिएर मुस्कुराउँछिन्। वर्षायाममा देखिने यस्ता दृश्यले जो कोहीको मन लोभ्याउँछ। लगातारको झरीले हैरान मानिसहरुलाई यस्ता मौसम र दृश्यले आकर्षित गर्दछ। 

वर्षायाम बिदा हुँदै गरेको यतिबेला ठाउँ ठाउँमा कपास थुप्रिएको जस्ता पहाडको दृश्य, हरियाली पहाड र फाँटका सुन्दर दृश्य हेरिरहौं जस्तै लाग्छ। बादल फाटेर धर्ती चिहाउँदै गरेको नीलो आकाश, बादल, इन्द्रेणी र धर्तीका सुन्दर दृश्यले लोभ्याउँछ। फाँटमा रोपिएका धानबालीले उस्तै सुन्दर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.