|

धनकुटा : धनकुटा नगरपालिका–४ का लोकेन्द्र कुमार श्रेष्ठले करिब ८२ लाख रुपैयाँ बराबरको एक रोपनी १० आना जग्गा विद्यालयलाई दान गरेका छन्। उनले छथरजोरपाटी गाउँपालिका–७ सिँधुवा बजार नजिकै रहेको सरसस्वती माध्यमिक विद्यालयको नाममा बुधबार जग्गा रजिष्ट्रेशन पास गरिदिएका हुन्। 

श्रेष्ठले विद्यालयका प्रधानाध्यापक किरणकुमार राईलाई जग्गा धनीपुर्जा हस्तान्तरण गरे। जग्गादाता श्रेष्ठ नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष समेत हुन्। आफ्नो परिवारका सबै सदस्यले सोही विद्यालयबाट अध्ययन गरी उच्च शिक्षा हासिल गरेकाले पैतृक सम्पत्तिको रुपमा रहेको जग्गा प्रदान गरेको उनले बताए। 

विद्यालयको भौतिक संरचना रहेको जग्गा व्यक्तिको नाममा रहँदा नमुना विद्यालयको रुपमा छनोट भए पनि डिपिआर हुन सकेको थिएन। श्रेष्ठले विद्यालयको नाममा जग्गा पास गर्ने बित्तिकै डिपिआरको प्रक्रिया अघि बढेको उनले बताए। विद्यालयको नाममा रहेको जग्गा केही तल रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.