|

ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन्। अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ। जसले उनलाई विशेष बनाउँछ।बलिउडमा उनको विशेषगरी नृत्यलाई खुबै प्रशंसा गरिन्छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्याण्डसम म्यान इन द वर्ल्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन्। यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ। 

ऋतिक चलचित्रका द्वन्द्वदेखि नृत्य सबै विधामा अब्बल मानिन्छन्। केही समयअघि उनीद्बरा अभिनीत 'सुपर ३०' ले राम्रो व्यापार गरेको थियो। यसमा उनले गणितशास्त्री आनन्द कुमारको भूमिका निभाएका थिए। उनको नयाँ फिल्म 'वार' अक्टुबर २ मा रिलिज हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.