|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले सातवटा प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ।

नेकपाको शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातवटै प्रदेशमा दुई-दुई सहइन्चार्ज थप गरेको हो।

थपिएका सहइन्चार्जको नामावली यसप्रकार छः

प्रदेश १

शेरधन राई र नरेश खरेल

प्रदेश २

नागेन्द्र चौधरी र महेन्द्र पासवान

प्रदेश ३

हितमान शाक्य र काशीनाथ अधिकारी

गण्डकी प्रदेश

किरण गुरुङ र यशोदा सुवेदी गुरुङ

प्रदेश ५

वैजनाथ चौधरी र कुलबहादुर केसी

कर्णाली प्रदेश

कालीबहादुर मल्ल र प्रकाश ज्वाला

सुदूरपश्चिम प्रदेश

खगराज भट्ट र भानुभक्त जैसी

यसरी सहइन्चार्ज बन्ने मध्ये प्रदेश १ का राई प्रदेशका मुख्यमन्त्री पनि हुन्। प्रदेश १ मा सहइन्चार्ज तोकिएका राई र गण्डकी प्रदेशका सहइन्चार्ज बनेका गुरुङ मन्त्री हुन्। अन्य प्रदेशका हकमा यसअघि जिल्लामा जिम्मेवारी दिँदा असन्तुष्ट रहेका नेता पनि छन्।

सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा जिल्लामा जिम्मेवारी पाएका भट्ट असन्तुष्ट थिए। उनले जिल्लामा पाएको जिम्मेवारी अस्वीकार गरेका थिए। त्यसपछि उनलाई प्रदेश सहइन्चार्ज बनाइएको हो।

नेकपाको आज बसेको सचिवालय बैठकले ३३ विभाग प्रमुखको टुंगो लगाएको छ।

पढ्नुहोस्:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.