|

बागलुङ : जिल्लाको जैमिनी नगरपालिका–७ जैदिमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ। जैदीको व्यार्थला मौदानमा रहेको एनसेलको रिपिटर टावरमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

शुक्रबार दिउँसोसम्म पनि स्थानीयले प्रयोग गरेको मोबाइलमा एनसेलको नेटवर्क नदेखाएपछि टावरको खराबीका विषयमा खोजी भएको थियो। उच्च पहाडमा रहेको उक्त टावरमा पुगेको प्रहरीले टावर आगजनी भएको अबस्थामा रहेको जानकारी गराएको प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले बताए। 

अज्ञात समूहले पेट्रोलियम पदार्थ छर्केर बिहीबार राति आगजनी गरेको स्थानीयले बताएका छन्। टावरको व्याट्री, तार जलेर नष्ट भएको कार्कीले जानकारी दिए।

टावरको वरपर भने कुनै क्षति भएको छैन्। घटनाभएको स्थाननजिकै आगो लगाउनका लागि प्रयोग भएको कपडाको झुम्रा भेटिएकाले टावरमा आगजनी भएको यकिन गर्न सकिने कार्कीले बताए। आगो कसले किन लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। टावरमा आगजनी भए पछि जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडाहरूमा एनसेलको  मोबाइल सेवा अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.