|

ताप्लेजुङ : ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ। टाई बेकरमा घरेलु टिम ताप्लेजुङ ११ (आयोजक) लाई ५–४ को गोल अन्तरले पराजित गर्दै पाहुना टिम मोरङ विजयी भएको हो।

निर्धारित समय दुवै टिमले गोलरहित वरावरी खेले। ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुके। घरेलु टिमका लागि क्रिस राई, सन्तोष लिम्बू,मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे।

मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरे। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाई बेकरमा धकेलिएको थियो। यता खेलको म्यान अफ दि म्याच मोरङका खेल क्याप्टेन सूर्य श्रेष्ठ घोषित भएका छन्। यसैबीच भोलिको खेलमा रेडहर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने आयोजक लोखजात्रा खेल सञ्चालन समितिले जानकारी दिएकाे छ।

शुत्रबारको खेलमा आयोजक टिम पराजित भएसँगै ताप्लेजुङका दुवै टोली पहिलो चरणबाटै बाहिरिएका छन्। यसअघि बिहीबार भएको खेलमा रेडहर्स इलामसँग पोमू केछाङ ताप्लेजुङ ३–० गोल अन्तरले पराजित भएको थियो। भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा भारतको १ टिमसहित १० टिम सहभागी छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.