|

भारतीय पूर्वप्रसिद्ध क्रिकेट खेलाडी भिबी चन्द्रशेखरले ऋणको चिन्ताका कारण आत्महत्या गरेका आशंका गरिएको भारतीय प्रहरीले शुक्रबार बताएको छ।

'५७ वर्षीय चन्द्रशेखरलाई उहाँको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृत अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ,' अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले बताए।

मोरूगनले एएफपीलाई बताए, 'हामीले घटनालाई अप्राकृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ। हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्वखेलाडीले आर्थिक संकटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उहाँको शवको परीक्षणपछि थप विवरण आउनेछ।'

सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सात पटक खेलेका उनको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रन्जी पदक जितेको थियो।  

भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शोक सन्देश व्यक्त गर्दै भनेका छन्, 'चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ। यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन। मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.