|

श्रीनगर : भारत प्रशासित कश्मीरमा सयौँको सङ्ख्यामा भेला भएका स्थानीयले सरकारको निर्णयको विरोधमा प्रदर्शन गर्ने क्रममा शुक्रबार भारतीय प्रहरीसँग झडप भएको छ ।

भारतले कश्मीरको अवस्था सामान्य बन्दै गएको भन्दै शनिबारदेखि सञ्चारको साधन टेलिफोन सेवालाई सञ्चालन गर्ने बताइरहेका समय शुक्रबार कश्मीरी मुसलमानहरूको एक समूह र प्रहरीबीच झडप भएको बताइएको छ । 

यद्यपि झडपमा प्रहरी तथा प्रदर्शनकारी के कति घाइते भए यसबारे सूचना पाउनलाई प्रशासनको धरपकडका कारण कठिनाई भएको जनाइएको छ ।

हजारौँको सङ्ख्यामा श्रीनगरमा सरकारको निर्णयविरोधी प्रदर्शन भइरहँदा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको एएफपीका कश्मीरस्थित सम्वाददाताले बताएका छन् । 

सरकारले कश्मीरलाई स्वायत्तता दिने बुँदालाई निलम्बन गरेपछि कश्मीर क्षेत्रमा विगत १२ दिनदेखि व्यापक सुरक्षा तैनाथ गरिएको छ । सुरक्षाको समस्या देखाउँदै कश्मीरमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन र प्रदर्शन गर्न पूर्णरूपमा निषेध गरिएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.