|

साविक च्याम्पियन बार्सिलोनालाई नयाँ सिजनको सुरुवातसँगै उदघाटन खेलमै झट्का लागेको छ। एथलेटिको बिलबाओसँग बार्सिलोना अप्रत्यासित रुपमा १–० ले पराजित भयो।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले  ८९ औं मिनेटमा घरेलु टोलीका लागि गरेको गोल निर्णायक बन्यो। ३८ वर्षीय खेलाडीले यसै सिजनको अन्तिमबाट खेल जीवनबाट सन्यास लिँदैछन्।

लुइस सुआरेज र राफिन्हाले बार्सिलोनका लागि राम्रो प्रदर्शन गरेका थिए । तर यसै सिजन १०७ मिलियन पाउण्डमा क्लब आएका एन्टोनी ग्रिजम्यान भने आफ्नो प्रभाव छाड्न असफल रहे। 

पिँडुलाको चोटका कारण पहिलो खेलमा अनुपस्थित रहेका लियोनेल मेसीको अभाव बार्सिलोनाले सुरुवातमै मिस गर्न पुग्यो। मेसीबाहेक अधिकांश स्टारलाई मैदानमा उतारे पनि बार्सिलोना गोल गर्न चुक्यो। मेसीसँगै फिलिप कौटिन्हो पनि मैदानमा उत्रिएनन्। उनलाई बार्सिलोनाले जर्मन क्लब बार्यन म्युनिखमा बेच्ने तयारी गर्दैछ।

आरेज पनि पहिलो हाफको खेलमा चोट बोकेका थिए। इर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएको थियो। तर लिगको पहिलो खेलमा अधिकांश समय खेल आफ्नो पकडमा पारे पनि  बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.