|

एजेन्सी : बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो जर्मन क्लब बायर्न म्युनिख स्थानान्तरण हुने भएका छन्। यही सिजन लोनमा उनी बायर्न जानेबारे दुई क्लबबीच सहमति जुटेको छ। 

फिलिपेलाई बायर्नले एक वर्षे लोनमा लिने सहमति जुटेको हो। यो सिजन बार्सिलोना पराजित भएको ला लिगाको पहिलो खेलमा मैदानमा नउत्रिएका फिलिपे लिभरपुलबाट बार्सिलोना पुगेका थिए। 

बार्सिलोनाले लिभरपुलबाट किन्दा फिलिपेका लागि ठूलो खर्च गरेको थियो। क्लबको मिडफिल्ल्डमा गतिलो प्रदर्शन गर्न नसकेपछि बार्सिलोनाले फिलिपेलाई लोनमा पठाउन लागेको छ। बार्सा अहिले नेइमारलाई पुन: भित्र्याउने प्रयासमा लागेको छ । 

बार्सिलोनाका प्रवक्ता गुइलेर्मो अमोरले कौटिन्हो बायर्न जाने पुष्टि गर्दै उनले एक सिजन त्यहाँ खेल्ने जनाए । अघिल्लो सिजनमा फिलिपेले बार्सिलोनाबाट ५४ खेलमा ११ गोल गरेका थिए।

बार्सिलोनाले एट्लेटिको मड्रिडबाट एन्टोइन ग्रिजम्यानलाई किनिसकेको छ। नेइमारलाई पुन: भित्र्याउने कोशिशमा रहेको बार्सिलोना त्सयसमा सफल हुन लागेपछि फिलिपे कौटिन्होलाई लोनमा पठाएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.