|

बाग्लुङ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै समाधान हुने बताएका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता समेत रहेका मन्त्री पण्डितले शनिबार बाग्लुङमा भएको कार्यकर्ता भेलामा सरकार व्यवहारिक परिवर्तनका लागि लागिपरेको भन्दै परिणाम आउन केही समय लाग्ने बताए। 

उनले नेकपाका कार्यकर्ताहरु भिडको पछि लागेको नसुहाउने बताउँदै भने, ‘देश समृद्धिको बाटोमा अघि बढेको छ, सानातिना कुरा र भिडको पछि लाग्नुको साटो समृद्धिको सपना पूरा गर्ने मार्गमा लाग्नुपपर्छ।’

उनको कार्यकर्तालाई सरकारले गरेका राम्रा कामको प्रचार गर्न र नराम्रा काममा हल्ला गर्नुभन्दा सुझाव दिन उनले आग्रहसमेत गरे। संघीयताको कार्यान्वयन सफल हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु रहेका बताउँदै मन्त्री पण्डितले सबै कार्यकर्ताहरुलाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.