|

कञ्चनपुर  ः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा  ९ को कार्यालयमा लगाइएको तालाबन्दी १३ दिन पछि खुलेको छ।  वडा कार्यालयमा तालाबन्दी गर्ने नेपाली कांग्रेसका कार्यकर्ता र वडा कार्यालय विच चार बुँदे सहमती भएपछि तालाबन्दी खुलेको हो।

 लामो समयसम्म वडा कार्यालयमा तालाबन्दी हुदा सेवा प्रवाहमा पर्न गएको असर प्रति क्षमायाचना गर्दै दुवै पक्षले तालाबन्दी खोल्ने सम्वन्धको सहमती पत्रमा हस्ताक्षर गरेका छन्। 

वडाका योजना तर्जुमा गर्दा भएको त्रुटी प्रति संवेदनशिल हुँदै आगामी आर्थिक बर्षको योजना तर्जुमामा सबै सहभागी हुन सक्ने गरी सुचना प्रवाह गर्ने, आन्दोलित पक्ष संग छलफल गरी छुटेका योजना नगरपालिका मार्फत सात दिनभित्र सम्बोधन गर्ने सहमती भएको नगर प्रमुख कर्णबहादुर हमालले बताए। 

उनका अनुसार आगामी योजना तर्जुमा गर्दा प्राथमिकरण गरी सबै बस्तीमा समान वितरणको सिद्धान्तका आधारमा गर्ने र विनियोजित योजना निर्माणका लागि उपभोक्ता समिति गठन गर्दा स्थानिय शासन सञ्चालन ऐन २०७४ बमोजिम गठन गर्ने सहमती भएको छ।

नगर प्रमुख  हमालको उपस्थीतिमा सहमती पत्रमा वडा कार्यालयका तर्फ वाट वडा अध्यक्ष छत्रबहादुर महरा र नेपाली कांग्रेसका वडा कार्य समिति सभापती घनश्याम जोशीले हस्ताक्षर गरेका छन्। 

नेपाली कांग्रेसका कार्यकर्ताहरुले वडा अध्यक्षले मनोमानी तरिकाले वडामा योजना सञ्चालन गर्दै आएको आरोप लगाउदै साउन १९ गते तालाबन्दी गरेका थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.