|

  • बिदुर कटुवाल

उदयपुर : यहाँका स्थानीय बासिन्दाले चन्दा संकलन गरेर प्रहरी बिट स्थापना गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका २ को पुरानो गाईघाटस्थित पिजिचोकमा स्थानीयले पैसा संकलन गरेर प्रहरी बिट स्थापना गरेका हुन्।

पुरानो गाईघाट र प्रगति टोल विकास संस्थामा आबद्ध स्थानीयले २२ हजार रकम संकलन गरेर प्रहरी बिट बनाएको निर्माण समितिका सचिव शिव खड्काले बताए। ‘गाईघाट बजारक्षेत्रको सबैभन्दा बढी भिडभाड हुने क्षेत्रमा प्रहरी बिट बनाउन सरकारी निकायलाई सहयोग माग्दा पाएनौँ’ सचिव खड्काले भने, ‘दुई संस्थामा अबद्ध स्थानीयबासी मिलेर प्रहरी बिट बनाएका हौं।’

अब ड्युटीको समयमा हावाहुरी, पानी परेमा प्रहरी बिटमा बस्न सक्ने छन्। प्रहरी बिटलाई 'प्रहरी बिट नम्बर १' नाम दिइएको छ।

गाईघाटको पिपलचौक, आँखा हस्पिटल चोक, मूख्य चोक, बोक्से बरगाछिचौक लगायतका ठाउँमा पनि प्रहरी बिट विस्तार गर्दै जानुपर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओमबहादुर रानामगरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.