|

भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ।

काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ। प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाईन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ। अगस्ट ५ मा जम्मू–काश्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएको थियो।

जम्मु काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, “बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ। यहाँ विगत केहीदिनदेखि अपरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन्।” सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.