अवैध मदिरा नष्ट

|

सिरहा : सिरहा प्रहरीले जिल्लाको दुई छुट्टाछुट्टै ठाउँबाट प्रतिबन्धित लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ भने सुखीपुर, सिरहा र कर्जन्हा नगरपालिकाका चार वटा वडामा करिब साढे तीन सय लिटर अवैध मदिरा नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सीमावर्ती प्रहरी चौकी हरकट्टीको गस्ती प्रहरी टोलीले लहान नगरपालिका १ बस्ने २६ वर्षीय मनोज प्रसाद खत्वे र सिरहा नगरपालिका १७ माडरबाट ठेगाना नखुलेका अन्दाजी २७ वर्षीय विजयकुमार पासवानलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको हो।

प्रहरीले खत्वेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाइजिल्याप ५५ एम्पुल, एक थान सिरिञ्ज र पासवानको साथबाट नाइट्रभेट एक सय ५० ट्याब्लेट बरामद भएको जनाएको छ। दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अवैध मदिरा नष्ट

अवैध मदिरा नियन्त्रण तथा नष्ट गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय महेशपुरपतार, सुखीपुर, प्रहरी चौकी  कर्जन्हा र वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको गस्ती टोलीले अवैध मदिरा, कच्चा पदार्थ र भाँडावर्तन नष्ट गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुखीपुर नगरपालिका २ र ८, कर्जन्हा नगरपालिका ५, सिरहा नगरपालिका ५ बसभित्ता खाल्टे क्षेत्रमा संचालन गरिएका अवैध भट्टीबाट तीन सय ४० लिटर अवैध घरेलु तयारी मदिरा, एक हजार ७५ लिटर कच्चा पदार्थ र केही भाँडावर्तन नियन्त्रणमा लिई नष्ट गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.