ताप्लेजुङ : रेडहर्ष क्लब ईलाम ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा इलामले फिदिम स्पोर्टिङ क्लबलाई ट्राइबेकर मार्फत ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा दुवै टिमले १–१ को बराबरी खेलेका थिए। टेम्पेको गोलमा इलामले अग्रता लिएको थियो। फिदिमका लागि मनोज गुरुङले वरावरी गोल गरे । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न सकेनन्। ट्राइब्रेकरमा इलामका तर्फबाट टेम्पे, फोफोना र विवेक राईले गोल गरे। प्रदीप विष्ट र हरि सिटौला गोल गर्न चुके।
फितलो प्रहारलाई फिदिमका गोलकिपर सुरेश गुरुङले बचाए। फिदिमका लागि सरन बस्नेत र गजिन राईले गोल गरे। प्रवीन जबेगु, जमिन लक्समको प्रहार सौरभ सुवेदीले बचाए। मनोज गुरुङको प्रहार गोलपोस्ट माथिबाट बाहिरियो।
शनिबारको खेलमा इलामका गोल किपर सुवेदी म्यान अफ दि म्याच घोषित भए। उनलाई नगद ५ हजार प्रदान गरे। आइतबार बेलबारी फुटबल क्लब मोरङ र डाँगीहाट क्बलबीच प्रतिस्पर्धा हुने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।