भारतबाट थपिँदै ४० मेगावाट

|

काठमाडौं : सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि नाटकीय ढंगले काठमाडौं उपत्यकामा लोडसेडिङ 'अन्त्य' भयो। राजधानी बाहिर पनि अहिले लोडसेडिङ अवधि घटेको छ। 

विद्युत प्राधिकरणका अधिकारीहरु यसै वर्षदेखि लोडसेडङ अन्त्यको प्रयासमा लागेको बताउँछन्। के त्यो प्रयास सफल होला? 

लोडसेडिङ अन्त्य गर्ने प्राधिकरणका अधिकारीको दावी पूरा होला/नहोला तर सर्वसाधरण भने लोडसेडिङ अन्त्य हुनेमा आशावादी देखिन्छन्। 

अवस्था

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर

अहिले बिजुलीको माग १२ सय ४७ मेगावाट छ। सुख्खायाम अर्थात आजभोलि राष्ट्रिय प्रशारण लाइनमा जम्मा ८३७ मेगावाट बिजुली छ।

शुक्रबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको कास्कीको २५ मेगावाटको मादी खोला जलविद्युत आयोजनाको १२ मेगावाट पनि राष्ट्रिय प्रशारण लाइनमा थपिएको छ। शनिबारदेखि भारतबाट ४० मेगावाट बिजुली थपिनेछ। शनिबार राति मुज्जफपुर–ढल्केबर अन्तरदेशीय प्रशारण लाइनबाट बिजुली थपिदै छ।

मादी खोलाको १२ मेगावाट र भारतबाट थप गरिएको बिजुली ४० मेगावाट सहित राष्ट्रिय प्रशारण लाइनमा ८८९ मेगावाट बिजुली पुग्छ। मागको झण्डै ३६० मेगावाट बिजुली अझै अपुग हुन्छ।

८८९ मेगावाट बिजुली प्रयोगमा आए पनि नेपाल विद्युत प्राधिकरणले भने यस मध्य ६५८ मेगावाट विद्युत मात्रै वितरण गर्छ। किनकि अहिले २६ प्रतिशत बिजुली चुहावट हुने गरेको छ। २६ प्रतिशत बिजुली चुहावट हुँदा राष्ट्रिय प्रशारणलाइनमा २३१ मेगावाट बिजुली घट्छ।

तर ८८९ मेगावाट बिजुली प्रयोगमा आए पनि नेपाल विद्युत प्राधिकरणले भने यस मध्य ६५८ मेगावाट विद्युत मात्रै वितरण गर्छ। किनकि प्राधिरकणका अधिकारीका अनुसार अहिले २६ प्रतिशत बिजुली चुहावट हुने गरेको छ।

२६ प्रतिशत बिजुली चुहावट हुँदा राष्ट्रिय प्रशारण लाइनमा २३१ मेगावाट बिजुली घट्छ। नेपाल विद्युत प्राधिकरणले वितरण गर्ने बिजुली मागको जम्मा आधा हिस्सा मात्रै हुन आउँछ। माग १२४७ मेगावाट र प्राधिकरणले आइतबारदेखि वितरण गर्न सक्ने बिजुली ६५८ मात्रै हुन्छ।

मागको आधारमा आधामात्रै वितरण गर्न सक्ने क्षेमतमा विद्युत प्राधिकरणसँग छ।

कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएपछि पहिलोपटक भारतबाट ४० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाइनमा थपिन लागेको छ। यसअघि भारतबाट ३१५ मेगावाट बिजुली आइरहेको थियो। 

के हुँदै छ प्रयास

नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ भन्छन्, ‘लोडसेडिङ अन्त्यको प्रयासमा छौं। काठमाडौं उपत्यकामा सम्भव भयो अब देशभर यसै गरी लोडसेडिङ अन्त्यको प्रयास गरिरहेका छौँ।' 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ

उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिरकण कम्तिमा आगामी चैतदेखि बिजुली पुगेका सबै ठाउँमा लोडसेडिङ अन्त्यको प्रयासमा जुटेका छन्। लोडसेडिङ अन्त्यको लागि तत्काल ठूलो क्षेमताका आयोजना सञ्चालनमा आउने स्थिति छैन। त्यसैले प्राधिकरणले तीनवटा विषयलाई प्राथमिकतामा राखेको छ।

१. आयात

भारतसँग गरिएको सहमतिअनुसार शनिबारदेखि ४० मेगावाट थप गरिएको अवस्थामा कम्तिमा आगामी चैतसम्म थप १८० मेगावाट बिजुली आयत गर्ने। यसका लागि १६०/१६० केभीका दुई वटा ट्रान्सफर्मर तयार गर्ने।

२. चुहावट नियन्त्रण

विद्युत प्राधिरकणका अधिकारणका अनुसार अहिले २६ प्रतिशत बिजुली चुहावट छ। यो चुहावट कम्तिमा ५ प्रतिशत र बढीमा १० प्रतिशत यसै वर्ष नियन्त्रण गर्ने। यसको लागि प्रधानमन्त्री कार्यालयले समेत पहल गरेको विद्युत प्राधिरकणका अधिकारी बताउँछन्। त्यस्तै चुहावट नियन्त्रणमा स्थानीयबासीको सहयोग लिने र पार्टी कार्यकर्ता समेत प्रयोग गर्ने उर्जा मन्त्री जनार्दन शर्मा बताउँछन्।

३. काम सम्पन्न गर्ने विषयमा प्राथमिकता

उत्पादन गरेर पनि प्रशारण लाइनमा आउन नसकेका र विभिन्न कारणले उत्पादन सम्पन्न हुन नसकेका साना आयोजनालाई प्राधिरकणले प्राथमिकतामा राखेको छ। त्यसको लागि प्रक्रियागत सरलिकरण र काम सम्पन्न हुन नसक्नुका कारण पत्ता लगाई आवश्यक सहयोग गर्ने नीति प्राधिरकणले अघि सारेको छ।

कसको कति उत्पादन, कति आयात?
हालसम्म नेपालको जम्मा आन्तरिक उत्पादन करिब ९ सय मेगावाट छ। जलप्रवाह घटेपछि कालिगण्डकी ए, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र खिम्ती आयोजनाबाट विद्युत उत्पादन पनि घटेको छ।नेपाल विद्युत प्राधिरकणका सहायक इन्जिनियर खगेन्द्र शाहीका अनुसार सुख्खायाममा राष्ट्रिय प्रशारण लाइनमा आन्तरिक उत्पादनबाट ५८० मेगावाट रहेको छ। नेपालको उत्पादन ५८० मेगावाट मध्ये ३७१ नेपाल विद्युत प्राधिकरणको उत्पादन हो भने २०९ मेगावाट निजी क्षेत्रको हो। चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मात्रै निजी क्षेत्रले ९७ मेगावाट विद्युत उत्पादन गरे पनि प्रशारण लाइनमा भने जम्मा ५० मेगावाट छ। शनिबार समेत गरी राष्ट्रिय प्रशारण लाइनमा ३१० मेगावाट बिजुली पुग्छ। आउँदो माघ १५ गतेसम्म थप ४० मेगावाट बिजुली भारतबाट थप्ने प्राधिकरणको तयारी छ। भारतबाट शनिबार समेत गरी ३५५ मेगावाट बिजुली प्राधिकरणले किने पनि प्रशारण लाइनको कारण पूर्ण क्षमतामा बिजुली आउन सकेको छैन।

सेवाग्रहीलाई प्राधिकरणको आग्रह

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ केही महिनापछि विद्युत खपत कम गर्नु भन्ने अवस्था नआउने बताउँछन्। तर अहिले भने उपत्यकामा अध्यारो मुक्त गर्न र उपत्यका बाहिर लोडसेडिङ नबढाउन प्राधिरकणले सर्वसाधारणसँग समेत सहयोग माग्दै आएको छ। बढी विद्युत खपत हुने सामग्री कम प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। 

नेपाल विद्युत प्रणालीको पिकलोड समय बिहान ५ बजेदेखि ८ तथा बेलुका साढे ५ देखि साढे ८ बजेसम्मको समय बाहेक अन्य समयमा मात्र बढी विद्युत खपत हुने उपकरणहरु (वासिंग मेशिन, पानी तान्ने पम्प, आइरन, गिजर, हिटर जस्ता उपकरणहरु) प्रयोग गरी विद्युत माग व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउन प्राधिकरणले सार्वजनिक सूचना नै निकालेको छ। साथै प्राधिकरणले बिजुली चुहावट सम्बन्धि सूचना प्राधिकरणलाई दिन ग्राहकलाई अनुरोध गरेको छ। यस्तो सूचना दिने ग्राहकलाई प्राधिकरणले पुरस्कृत समेत गर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.