|

पर्सा : वीरगन्ज महानगरपालिका–१४ एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छन्। गहुँमा लगाउने विष खाएर गम्भीर बिरामी भएकी २८ वर्षीया अप्सना खातुनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 

गहुँमा लगाउने विष सेवन गरेकी अप्सनालाई उपचारका लागि स्थानीय गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए। पर्सा प्रहरी र गण्डकबाट खटिगएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। मृतकको शवलाई भने वीरगन्जको नारायणी अस्पतालमा पोष्टमार्टम गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.