|

काठमाडौं : सांस्कृतिक संस्थान र अनाममण्डलीको संयुक्त आयोजनामा मासिक गजलवाचन सम्पन्न भएको छ।   गजल सन्ध्या नाम दिइएको उक्त कार्यक्रममा गजलकारद्वय केशव भट्टराई र यात्री प्रकाश पाण्डेले आफ्ना एकदर्जन गजलले दर्शकलाई मनोरञ्‍जन प्रदान गरे।

हरेक महिनाको अन्तिम दिन दुई स्रष्टाको गजल वाचन हुने गरेको छ। यसपटक भने गजलकारद्वय भट्टराई र पाण्डेलाई प्रस्तुत प्रस्तुत गरिएका थियो। तीन चरणमा भट्टराई र पाण्डेलेआफ्ना आठ-आठवटा गजल वाचन गरेका थिए।

सांस्कृतिक संस्थानका निमित्त महाप्रबन्धक प्रभाकरदेव शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा गजलकारद्वयले सामाजिक परिवेश र प्रणय भावका गजललाई वाचनमा विशेष महत्त्व दिएका थिए।

भट्टराईले आक्षरिक लय, लोकलयमा लेखिएका गजल प्रस्तुत गरेर दर्शकको मन जिते भने यात्रीले पनि उस्तै दर्शकको मन जित्न सफल भए। उनीहरूका गजलमा जीवनका उतारचढावदेखि आफ्ना दैनिकीहरूलाई लयात्मक तरिकाले प्रस्तुत गरिएका थिए। दर्शकले उनीहरूलाई कार्यक्रमभर तालिले साथ दिए।

भटराईले सुनाए:

आज आफ्नै जिन्दगी यो ढोका बाहिर

बन्यो बसि अजनवि यो ढोका बाहिर।

अन्धकारमा कोठा भित्र एक्लै थिएँ म

जल्दै थियो एउटा दियो ढोका बाहिर।

ढक्ढक्यायो ढोका खोले कोही थिएन्

सायद तिम्रै याद थियो ढोका बाहिर।

भित्र पस्न मनाइ छ, तिमि आइछ्यौ

पढिनौं कि जनकारी यो ढोका बाहिर।

भट्टराईले आफ्ना गजलमा प्रणयभावका विभिन्न विषय उठाएका थिए भने यात्रीले देशका राजनितिक, आर्थिक, सामाजिक तथा समकालिन संगती र विसंगतीलाई आफ्ना गजलमा उठाएका थिए।

यात्रीले सुनाए :

जानेलाई रोकिदिन्छ, रोकिदिन्छ आउनेलाई पनि

 चिन्दैँन पर्खालले त्यो पर्खाल बनाउनेलाई पनि।

आगो आएर तहस नहस बनाइदिएर गयो

आगोकै प्रतीक्षामा चिसो कटाउनेलाई पनि।

 जिन्दगिपनी डुङ्गाजसरी खिँइदै गएझैँ लाग्यो

 जिन्दगिभर नदिमा डुङ्गा खियाउनेलाई पनि।

 न त किनेर ल्याउनेले लगाएर हिड्यो

 न त लगाएको महशुस भो लगाउनेलाई पनि।

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपाल प्रज्ञा प्रतिष्ठानले विगतदेखि नै नेपाली कला, भाषा, संस्कृतिको क्षेत्रमा काम गर्दै आएको बताए। उनले सांस्कृतिक संस्थानलसँग मिलेर नेपाली गजलको उन्नयन र प्रवर्द्धनमा पनि आफुले आफ्नो तर्फबाट गर्न सक्ने सबै गर्ने जानकारी दिए। सबैको साथ र सहयोग भए आगामी दिनमा यस्ता कार्यक्रममा विशेष पहल गर्न आफू तत्पर रहेको धारणा व्यक्त गरे।

गजलकार जय गौडेल कार्यक्रममा प्रस्तुत भएका गजलबारे समिक्षात्मक टिप्पणी गरे। हामीले गजल सिक्दै लेख्दै आइरहेको र अहिले गजलबारे हुने बहस र कार्यक्रमले गजलको उत्थानमा महत्वपुर्ण भूमिका खेल्ने उनले धारणा राखे।

कार्यक्रममा प्रस्तुत भएका डेढ दर्जन गजल आफैमा उत्कृष्ट छन्। हरेक कविले सिर्जना गर्ने कुनै पनि सिर्जनालाई हरेकले सम्मान गर्नुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.