|
साउन १८ गते उपचारका लागि सिंगापुर जाने क्रममा प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि फेरि सिंगापुर जाने भएका छन्। अहिलेसम्मको योजना अनुसार उनी भदौ ४ गते त्यसतर्फ जाने बालुवाटार स्रोतले बताएको छ ।   

प्रधानमन्त्री ओली साउन १८ देखि २७ गतेसम्म सिंगापुरमा स्वास्थ्य उपचारका लागि त्यहाँ रहेका थिए । साउन १९ देखि एक सातासम्म उनी अस्पतालमै बसेर तोकिएको समयभन्दा  दुई दिन  ढिलो गरेर प्रधानमन्त्री साउन २७ गते काठमाडौं फर्किएका थिए। उनको स्वास्थ्यमा फेरि समस्या देखिएकाले पुन: जाँच गराउनका लागि जान लागेका हुन्। 

उता प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेका क्याबिनेट चिकित्सक डा. दिलिप शर्माले भने कति गते जाने भन्ने निश्चित नभएको बताउदै चाँडै जान लागेको मात्र आफूलाई थाहा भएको  बताए। उनले भने, ‘चाँडै नै फलोअपको लागि जाने तयारी भएको हो, तर मिति भने टुंगो लागिसकेको छैन।‘

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पछिल्लो समय लगातार समस्या देखिँदै आएको छ। उनको रगतमा क्रेटिनाइन र प्रोटिन बढी भएको चिकित्सकहरूले बताएका छन्। जसले गर्दा उनलाई प्रत्यारोपण गरिएको मिर्गौलाले बिस्तारै काम गर्न छोडेको उनको उपचारमा संलग्लन चिकित्सकहरूले बताउँदै आएका छन्।

 सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएलगत्तै पार्टी एकता र सरकारको काममा उनी व्यस्त भएका थिए। जसका कारण पनि उनलाई स्वास्थ्य समस्या देखिएको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.