|

कोशीटप्पु : २०१८ सालदेखि सुरु गरेको कोशीको कटानले ०२१ सालसम्म आइपुग्दा सप्तरी र उदयपुरको एक हजार ४८८ बिगाहा जमिन आफ्नो बनायो।

पुन २०२२ सालदेखि सुनसरीको विभिन्न भागको कटान सुरु गरेको कोशीले ०४६ सालसम्म छ हजार १७४ बिगाहा १४ कठा साढे ११ धुरजग्गा आफ्नो भागमा ल्यायो।तर कोशी नदीले दशकौ अघि पुर्याएको क्षतिको पूर्ति भने राज्यले गर्न सकेको छैन। 

२०११ बैसाख १२ मा भएको नेपाल–भारत कोशी सम्झौताको सर्त अनुरुप भारतीय पक्षले दिनुपर्ने क्षतिपूर्तिको व्यवस्था नेपाल सरकारले गर्न सकेको छैन। त्यसैले यति बेला ६५ वर्ष अगाडिको सम्झौताको सर्तअनुसार अनुसारको क्षतिपूर्ति पाउ भन्दै सप्तकोशी नदी पीडितहरू अनशन मै उत्रिएका छन्। 

कोशी नदीकै कारण आफ्नो घर बास गुमाएका कोशी नदीका स्थानीयले सप्तकोशी व्यारेजमा रिले अनसन सुरु गरका हुन्। पीडितले यसअघि सुनसरी सप्तरी र उदयपुर जिल्ला प्रशासन कार्यालयमार्फत भारतसहित नेपाल सरकारलाई सात बुँदे माग पत्र प्रस्तुत गरेका थिए। 

सप्तकोशी नदी कटान डुबान पीडित संघर्ष समितिले आफूहरुले दिएको सात दिने अल्टिमेटमलाई दुबै सरकारले बेवास्ता गरेको भन्दै शनिबारबारबाट ब्यारेज क्षेत्रमा बसेर रिले अनसन सुरु गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.