|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत व्यास १२ कमलबारीमा रोकिराखेको पर्यटक कारलाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। ट्रकले कारलाई टक्कर दिँदा कार अगाडि बढेर मोटरसाइकललाई ठक्कर दिएको थियो। कारको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो भने एक घाइते भएका हुन्। 

मृत्यु हुनेमा ना२०प ३१०९ नम्बरको मोटरसाइकल चालक भानु नगरपालिका ५ का ३९ वर्षीय सुदीपराज पौडेल रहेका छन् भने मोटरसाइकल पछाडि सवार सोही स्थानका ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएका छन्। पौडेलको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नम्बरको ट्रकले राजमार्ग छेउमा रोकिराखेको कारलाई ठक्कर दिएको दिँदा मोटरसाइकललाई कारले ठक्कर दिएर घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। 

ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नम्बरको कारलाई ठक्कर दिएको र कारले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको प्रहरी नायव उपरीक्षक लामिछानेले बताए। उनका अनुसार घाइतेहरूको थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको थियो।

 मोटरसाइकल पछाडि सवार प्रेमाको टाउकोमा गम्भीर चोट लागेको लामिछानेले बताए। मोटरसाइकल सवार उनीहरू श्रीमान् श्रीमती हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.