|

दमक : चर्चित गायक कमल खत्री र गायिका जुना प्रसाईले दमकका दर्शकलाई छमछमी नचाएका छन्।

अंग्रेजी नयाँ वर्ष २०१७ को उपलक्ष्यमा झापा दमकस्थित युवा व्यवसायी निर्मल खतिवडाले सञ्चालनमा ल्याएको कनकाई पार्टी प्यालेसको समुद्घाटन कार्यक्रममा गायक खत्री र गायिका प्रसाईले आफ्ना दर्शकलाई छमछमी नचाए।

करिब एक घण्टाको आफ्नो प्रस्तुतीमा खत्रीले चर्चित एक  दर्जन बढी गीत प्रस्तुत गर्न भ्याए। खत्रीले ‘गल्ति मेरो छैन, यो टुक्रेको मुटु हेर, झ्यालैमा’ लगायत आफ्ना दर्जन गीत प्रस्तुत गरे। आफ्नो फ्यानको प्रशंशाबाट आफु खुशी भएको खत्रीले बताए।

गायिका जुना प्रसाईले करिब ४५ मिनेटको समयलाई सदुपयोग गर्दै आफ्ना आधा दर्जन गीत प्रस्तुत गर्न भ्याईन्। उनले ‘नदेखेको भए, कम्मर मर्काई मर्काइ, मखमली चोलि, सबै भुतुकै’ लगायत चर्चित गित प्रस्तुत गरिन्। कार्यक्रममा थुप्रै स्थानीय कलाकारहरुले समेत प्रस्तुती दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.