बहुमतीय खेलमा नलाग्न प्रधानमन्त्रीको सुझाव

|
फाइल फोटो

काठमाडौं : बजेट पारित भए लगत्तै सरकार फेर्ने माओवादी केन्द्रको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच झण्डै दुई घण्टा भेटवार्ता भएको हो। बिहान १० बजेट बालुवाटार छिरेका प्रचण्ड १२ बजे निस्के लगत्तै काभ्रेमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका थिए। स्रोतका अनुसार ओलीसँगको भेटमा प्रचण्डले पार्टीको निर्णय सुनाउँदै संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय एकताका लागि सरकार बदल्नुपर्ने बताएका थिए। 

‘तपाईँ नै प्रधानमन्त्री भए पनि माओवादीलाई आपत्ति छैन, अब राष्ट्रिय सरकार बनाउनुपर्छ, यो हाम्रो पार्टीको निर्णय हो। बजेट पारितपछि यो कुरा जोडदार उठ्छ’, प्रधानमन्त्रीलाई प्रचण्डले भनेका थिए, ‘हाम्रो पहिलो प्रयास एमालेसँगै मिलेर सरकार बनाउनेमा हुन्छ, त्यसमा तपाईँहरुले इमान्दारिता देखाउनु भएन भने कांग्रेससँग मिलेर भए पनि नयाँ सरकार बनाउन माओवादी तयार छ।’

सम्बन्धित समाचार

विगतमा भएका सहमति कार्यान्वयनमा एमालेले बेइमानी गरेको प्रचण्डले ओलीलाई बताएका थिए। पार्टीका दोस्रो तहका नेता एमालेको बेइमानीले बिच्किएको भन्दै प्रचण्डले सकेसम्म एमालेसँग मिलेर सरकार बनाउने बताएको स्रोतले बतायो।  

ओलीले नाै बुँदे सहमति कार्यान्वयनको चरणमा रहेको जवाफ दिएका थिए। ‘माओवादीको चिन्ताको विषय द्वन्द्वकालीन मुद्दालाई समाधान गर्न कानुन संशोधन प्रक्रिया अघि बढेकै छ, राष्ट्रिय सरकार बनाउने पक्षमा म पनि छु तर बहुमतीय सरकार बनाउने काममा तपाईँहरु नलाग्दा नै मैले राम्रो देखेको छु’, ओलीले प्रचण्डसँग भने। 

सहमति कार्यान्वयन नगरेर एमालेले धोका दिएको भन्दै प्रचण्डले मुद्दा मिल्नेसँग आवश्यक सहमति गरी सरकार गठन गर्ने स्पष्ट पारेको स्रोतले जानकारी दियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.