|

श्रीनगर : दुई हप्ता पहिले भारतीय काश्मिरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सुरक्षाकर्मीले ४ हजारजनाई पक्राउ गरेका छन्। 

सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएकाको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्  । 

काश्मिरका एक सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, 'कम्तीमा चार हजार नागरिकलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत छानविनका लागि हिरासतमा लिइएको छ ।' 

उक्त ऐनले कुनै पनि व्यक्तिलाई अभियोग वा सुनुवाई विना नै दुई वर्षसम्म थुनामा राख्ने व्यवस्था छ । यद्यपि उक्त कानूनलाई भारतमै पनि विवादास्पद मानिन्छ ।

'पक्राउ परेका अधिकांशलाई काश्मिरमा राख्ने व्यवस्था नहुँदा हवाई मार्ग हुँदै मुलुकका विभिन्न स्थानमा रहेका हिरासतमा राखिएको छ,' उनले भने।  

काश्मिरमा टेलिफोनलगायत अन्य सञ्चारमाध्यम अवरूद्ध भएका समय आफूले यो तथ्याङ्क सङ्कलन गरेको बताएका छन्। यी तथ्यांक अद्यावधिक गर्नका लागि आफूलाई उपलब्ध गराइएको सेटेलाइट फोनमार्फत साथीहरूको सहयोग लिएका पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.